इच्छाकामना गाउँपालिकामा पनि बन्ने भो स्तनपान कक्ष ।

कुरिनटार- इच्छाकामना गाउँपालिकाको प्रसाशकिय भवनमा मातृ शिशु स्तनपान कक्ष निर्माण हुनेभएको छ। आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममा स्तनपान कक्ष निर्माण गरिने बताइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रजनन स्वास्थ्य ऐनको प्रावधानलाई कार्यान्वयन गर्न ७५३ वटै पालिकासहित प्रदेश कार्यालयमा स्तनपान कक्ष स्थापना गर्न अनुरोध-परिपत्र गरेको थियो । मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभाग परिसरमा २०७५ सालमै स्तनपान कक्ष स्थापना गरिएको थियो । सो कक्षमा दुईजना महिलासम्मले आफ्ना शिशुलाई स्तनपान गराई सुताउन सक्नेछन् ।
परिवार स्वास्थ्य महाशाखाका पोषण शाखाका तत्कालिन प्रमुख केदार पराजुलीले स्तनपान सप्ताह २०७६ का अवसरमा आयोजित कार्यक्रममा प्रजनन स्वास्थ्य ऐनलाई कार्यान्वय गर्न सबै पालिकामा स्तनपान कक्ष स्थापना गर्न मन्त्रालयले अनुरोध-परिपत्र गरेको जानकारी दिएका थिए। सोही नीति अनुरुप इच्छाकामना गाउँपालिकामा स्तनपान कक्ष निर्माण गर्न लागिएको हो। स्तनपान कक्ष निर्माणपछि सेवाग्राही आमा हरुले सहज रुपमा स्तनपान गराउन सक्ने छन।
