इच्छाकामना ४ का १३ घरधुरी परिवारलाई जग्गाधनी पुर्जा वितरण

इच्छाकामना ४ का १३ घरधुरी परिवारलाई जग्गाधनी पुर्जा वितरण

कुरिनटार : चितवनको इच्छाकामनाका १३ घरधुरी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । इच्छाकामना गाउँपालिका ४ (साविकको दारेचोक गाविस ३ ) ब्लक अन्तरगत १३ घर परिवारलाई जग्गा धनी पुर्जा वितरण गरिएको हो ।
हाल इच्छाकामना वडा नम्बर ४ लामीडाँडाका १३ परिवारलाई जग्गाधनी पुर्जा गरिएको वडाध्यक्ष रुद्र उप्रेतीले बताउनुुभयो । उहाँका अनुसार इन्द्र बहादुर थापा मगर, धनमाया लुंगेली मगर, मान बहादुर लुंगेली मगर,दिल बहादुर मगर, दल बहादुर थापा, रण बहादुर मगर, डम्बर बहादुर मगर,वुद्धसिंहथापा, ज्ञानब हादुर मगर, डिल बहादुरु मगर, सौ बहादुर थापा, चक बहादुर थापा र निर्मला थापालाई जग्गा धनीपुर्जा वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गाउँ ब्लक जग्गाको यस अघि वडा नम्बर ७ मा जग्गाधनी पुर्जा वितरण गरिएको बताउनुभयो ।
साविकको दारेचोक गाविस वडा नम्बर ३ त्र ब्लक नम्बर ३३ को पुर्जा वितरण गरिएको हो । वि.सं २०२६ सालमा नापी भएका गाउँ ब्लक जग्गाको पुर्जा वितरण गरिएको हो ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाबिच जग्गाधनी पुर्जा वितरण गरिएको हो । वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, वडा नम्बर ४ का वडाध्यक्ष रुद्र उप्रेती, नापी शाखा प्रमुख वृज कुमार कर्ण लगायतको उपस्थिति रहनुभएको थियो ।