वाइन टु वाटरद्वारा इच्छाकामना ४ का २४७ परिवारलाई फिल्टर वितरण

कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ का २४७ परिवारलाई पानी छान्ने फिल्टर वितरण गरिएको छ ।
वाइन टु वाटर संस्थाले वडा नम्बर ४ को समन्वयमा फिल्टर वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा फिल्टर वितरण गरिएको हो।
वडाध्यक्ष रुद्र उप्रेतीको अध्यक्षता सम्पन्न कार्यक्रममा पुर्व कार्यवाहक वडाध्यक्ष मुक्तिनाथ सिलवाल, पुर्व गाउँपालिका प्रवक्ता सावित्री गुरुङ लगायतको आतिथ्य रहनुभएको थियो ।
अमेरिकी प्रविधीको यो फिल्टर ले एक मिनेटमा एक लिटर पानी पुर्णरुपमा स्वस्थ हुने गरी फिल्टर गर्न सक्ने वाइन टु वाटर इच्छाकामनाका कार्यक्रम संयोजक यज्ञराज जोशीले बताउनुभयो।
