पेट्रोल र डिजेलको मूल्यवृद्धि

काठमाडौं : पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले सोमबार साँझ एक विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।सोमबार राति १२ बजेदेखि पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ ।
