बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

रामेछाप :  सुनापाती गाउँपालिकामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। घटनास्थलमा ९ जना र उपचारका लागि लैजाँदै गर्दा बाटैमा २ जना र एकजनाको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको रामेछापका प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले जानकारी दिए।
आज बिहान बा ३ ख ८३९६ नम्बरको बस सुनापती–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा दुर्घटना भएको हो।
मृत्यु भएकामध्ये ८ जनाको सनाखत भएको छ। दुर्घटनामा परी सुनापाती गाउँपालिका–५ की ६० वर्षीया तमरिता तामाङ, सोही ठाउँकी २२ वर्षकी विपना तामाङ, ३६ वर्षकी सञ्जु आलेमगर र ६० वर्षका खड्ग विक‚ सुनापाती–४ की ६० वर्षकी सन्दीपा तामाङ, काभ्रे मण्डनदेउपुर–९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर, रोशी गाउँपालिका–४ का वर्ष नखुलेका कमल तामाङ र सुदीप गजमेरको घटनास्थलमै मृत्यु भएको डिएसपी थिङले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा मृत्यु भएका तीनजना र घटनास्थलमै मृत्यु भएका एकजनाको सनाखत हुन सकेको छैन। दुर्घटनामा २५ भन्दा बढी घाइते भएका छन्। घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको डिएसपी थिङको भनाइ छ।