आँबुखैरेनीमा १३ जुवाडे पक्राउ

आँबुखैरेनीमा १३ जुवाडे पक्राउ

तनहुँ :  तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित एक होटलबाट कौडा खेल्दै गरेको अवस्थामा १३ जुवाडे पक्राउ परेका छन् । कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले सोमबार राति १३ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले निजहरुको साथबाट एक लाख ८० हजार नगद र कौडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए।