गण्डकी गाउँपालिका गोरखा जिल्लाकै पहिलो पूर्ण खोपयुक्त घोषित

गण्डकी गाउँपालिका गोरखा जिल्लाकै पहिलो पूर्ण खोपयुक्त घोषित

भूम्लिचोक :  गोरखा जिल्लाको गण्डकी गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ । आज एक समारोहकाबिच पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।
जन्मेदेखि २३ महिनासम्मका सबै बालबालिका खोपको पहुँचमा आएपछि पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बेली श्रेष्ठले बताउनुभयो। । आवश्यक मापदण्ड पूरा भएकोले पूर्णखोपयुक्त गाउँपालिका घोषणा गाउँपालिका अध्यक्ष दीपक तिमल्सिना साकारले बताउनुभयो । गण्डकी गाउँपालिका गोररखा जिल्लाकै पहिलो पूर्ण खोपयुक्त स्थानीय तह बन्न सफल भएको छ ।