भरतपुर महानगर पालिका र रत्ननगर नगरपालिकामा अब कोहि पनि बेरोजगार हुनु पर्दैन : उप–प्रमुख अधिकारी

भरतपुर महानगर पालिका र रत्ननगर नगरपालिकामा अब कोहि पनि बेरोजगार हुनु पर्दैन  : उप–प्रमुख अधिकारी

चितवन ,२२ भरतपुर । भरतपुर महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगर पालिका र रत्ननगर नगरपालिकामा अब कोहि पनि बेरोजगार हुनु नपर्ने बताउनु भएको छ । बेरोजगार भइयो भनेर अब चिन्ता गर्नु पर्दैन उप प्रमुख अधिकारीले भन्नू भयो, रोजगार मेलाले ढिलो चाडो सबैलाइ रोजगार बनाउनेमा बिश्वास समेत व्यक्त गर्नु भयो । भरतपुरमा रहेको चितवन प्रर्दशनी केन्द्र (चितवन एक्सपो सेन्टर) मा आयोजित वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला २०७९ को उद्घाटन गर्दै उप प्रमुख अधिकारीले यस्तो बताउनु भयो ।

आज र भोलि गरि दुई दिन चल्ने मेला भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी महासंघ नेपाल लगायतका एक दर्जन संघसंस्थाको आयोजनामा भएको हो ।मेलाले जिल्लामा नयाँ रोजगारी सिर्जना गर्न टेवा पुग्ने विश्वास लिइएको छ ।
युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार चितवनमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’को आयोजना गरिएको भरतपुर महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुबेदीले जानकारी दिनु भयो । स्थानीय सरकारले गरेको मेला यो नै पहिलो हो ।जिल्लामा आवश्यक पर्ने कामदार अहिले छिमेकी रास्ट्र भारतबाट ल्याउनुपर्ने बाध्यता रहेकाले त्यसलाइ कम गर्न रोजगार मेला गर्न लागिएको पनि वहाँले जानकारी दिनु भयो ।

 

रोजगारदाता र रोजगारी गर्न इच्छुक व्यक्तिहरुको दूरी नजिक बनाउने उद्देश्यले मेला आयोजना गरिएको भरतपुर महानगरले जनाएको छ । मेलामा रोजगारदाता र रोजगारी गर्न इच्छुकको तथ्याङ्क संकलन गर्ने, मेला अवधिभर २०० जनालाई आवश्यक संघ संस्थामा रोजगारी दिने, सीप र तालिमबारे जानकारी दिइने छ । मेलामा कुल ६० वटा स्टल रहेका छन् । जिल्लाका सात वटा पालिका, जब लिङ्क तथा सेन्टर, उद्योग तथा तालिम केन्द्रहरुको स्टल रहेको छ ।
मेलामा १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।