भरतपुर अस्पतालमा वेवारिसे नवजात शिशु फेला

भरतपुर अस्पतालमा वेवारिसे नवजात शिशु फेला

चितवन : भरतपुर अस्पतालमा वेवारिसे नवजात शिशु फेला परेको छ । अस्पतालको सि ब्लकको भर्‍याङमुनि अन्दाजी एक दुई दिनको शिशु (छोरी. वेवारिसे अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३० बजेको समयमा उक्त शिशु फेला परेको हो । शिशुको अवस्था सामान्य रहेको र अस्पतालको एनआईसियुमा राखेर उपचार भईरहेको प्रहरीले जनाएको छ । शिशुलाई कसले छोडेको भन्ने बारे खुल्न नसकेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरहरि अधिकारीले बताउनुभयो ।