इच्छाकामना गाउँपालिकाले १० जना कर्मचारीलाई एकैपटक विदाई गर्ने

इच्छाकामना  गाउँपालिकाले १० जना कर्मचारीलाई एकैपटक विदाई गर्ने

कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिकाले १० जना कर्मचारीको नियुक्ती नविकरण नगर्ने भएको छ ।आज बसेको गाउँसभा बैठकले करारमा नियुक्त भएका १० जना कर्मचारीहरुको नियुक्ती नविकरण नगर्ने निर्णय गरिएको हो ।
गाउँपालिका प्रवक्ता नर बहादुर नेपालका अनुसार गाउँपालिकामा निश्चित समयका लागि सञ्चालन गरिएका कार्यक्रमका लागि नियुक्त भएका, कार्यसम्पादनमा प्रभावकारी नभएका करारका कर्मचारीहरुको नियुक्ती नविकरण नगर्ने भएको हो ।
‘जुन कार्यक्रमका लागि नियुक्त गरिएको हो सो कार्यक्रम नै फेज आउट भइसक्यो केही करारका कर्मचारीहरुको कार्य सम्पादन  मुल्याङ्कनको आधारमा नविकरण नगर्ने निर्णय गरिएको हो, प्रवक्ता नेपालले भन्नुभयो । ’