इच्छाकामना गाउँपालिकाले आस्थाको आधारमा कर्मचारी निश्कासन गरेको कांग्रेसको आरोप

इच्छाकामना गाउँपालिकाले आस्थाको आधारमा कर्मचारी निश्कासन गरेको कांग्रेसको आरोप

कुरिनटार : नेपाली कांग्रेस इच्छाकामनाले १० जना करारका कर्मचारीहरुको नियुक्ति नवीकरणको माग गर्दै गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् । राजनितिक आस्थाको आधारमा १० जना करारका कर्मचारीको नियुक्ति नविकरण नगर्ने गाउँसभाले निर्णय गरको आरोप लागाउँदै असन्तुष्ट नेपाली कांग्रेस इच्छाकामनाले आज ज्ञापनपत्र बुझाएका हुन् ।

नेपाली कांग्रेस इच्छाकामनाका सभापति कृतिकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले आज गाउँपालिका प्रवक्ता नर बहादुर नेपाललाई ज्ञापन पत्र बुझाउनुभएको हो । सभापति श्रेष्ठले राजनितिक आस्थाको आधारमा १० जना कर्मचारीहरुलाई निश्कासन गरिएको आरोप लगाउनुभयो । उहाँले १० जना कर्मचारीको नियुक्ति नवीकरण नगरे जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताउनुभयो । उहाँले २७ गतेभित्र नियुक्ति नवीरकण नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी गाउँपालिका हुने चेतावनी दिनुभयो ।
गाउँपालिका प्रवक्ता नर बहादुर नेपाल यस विषयमा पुन छलफल गरिने आश्वासन दिनुभयो ।बिहिबार बसेको गाउँसभाको बैठकले कार्यक्रमको समयवधी सकिएको, कार्य सम्पादनको मुल्याङ्कन र कोटा नै कटौती गरि १० जना कर्मचारीको नियुक्ति नविकरण नगर्ने निर्णय गरेका थिए । यसैबिच स्रोत व्यक्ति भविश्वर गुरुङलाई काज सुरुवा गर्ने निर्णय गरेका थिए ।