पहिरोका कारण पृथ्वी राजमार्गको जामुने–खैरेनी सडक अवरुद्ध

पहिरोका कारण पृथ्वी राजमार्गको जामुने–खैरेनी सडक अवरुद्ध

तनहुँ :  बर्षासगैँ खसेको पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ ।तनहुँको म्याग्दे गाउँपालिका ४ स्थित तुरतुरेमा खस्दा जामुने– खैरेनी सडक अवरुद्ध बनेको हो ।

शुक्रबार रातिदेखि परेको वर्षाले शनिवार बिहान पहिरो खसेपछिसडक अवरुद्ध भएको हो । प्रहरी नायब उपरीक्षक युवराज खड्काले सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको बताउनुभयो ।

सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।