धादिङको चरौँदीमा चिउरी प्रशोधन केन्द्र सञ्चालन

धादिङको  चरौँदीमा  चिउरी प्रशोधन केन्द्र सञ्चालन

चरौँदी :  धादिङको बेनीघाट रोराङ ७ चरौँदीमा चिउरी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । चेपाङ समुदायको जिविकोपार्जनमा सहयोग पु¥याउका लागि चिउरी प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो ।
चेपाङ समु्दायमा चिउरीको रस खाएपछि भित्री दानालाई प्रशोधन गरेर घ्यु बनाउने परम्परा रहदैँ आएको छ । यसलाई बजारीकरण गर्नका लागि उद्योग पर्यटन तथा वन मन्त्रालयले धादिङ र मकवानपुरमा चिउरी प्रशोधन केन्द्र निर्माणका लागि रु ५० लाखको अनुदानमा उपलब्ध गराएको थियो ।
गत आर्थिक बर्षमा ३ बर्षको करार सम्झौता अनुसार चिउरीको प्रशोधन केन्द्र सञ्चालनमा आएको श्री रोराङ कृषि सहकारी संस्था लिमिटेडका सचिव तीलक चेपाङले बताउनुभयो ।
उहाँका अनुसार वन विवभागले १३५० चिउरीको नर्सरी वेनिघाट रोराङ वडा नम्बर ८ को गोठी भञ्ज्याङमा तारबारसहित नेपाल चेपाङ संघले संरक्षण गरेको छ। हाल चिउरी मर्दै गएकोले चिउरीको संरक्षणमा विशेष ध्यान दिन स्थानिय प्रदेश र संघिय सरकारलाई रोपेको २ बर्षमै फलदिने उन्नत जातको चिउरी ग्राफ्टेड हाइब्रिड जातको चिउरी नर्सरी उपलब्ध गराउन आग्रह गर्नुभयो। यसले छोटो समयमै मनग्य आम्दानी गर्न सकिने चिउरी अनुसन्धानकर्ता गोविन्द घिमिरेले बताउनुभयो।
चिउरी साकाहारी पर्ने भएकाले यसको धेरै फाइदाहरु छन् । अझै पनि केही स्थानमा अहिले चिउरी पाक्ने सिजन भएकाले ३ महिना चिउरी खाएर अनिकाल टार्ने चेपाङ समुदायको बाध्यता छ । चेपाङको जिविकोपार्जनसंग चिउरी, मौरी र चमेरो एक अर्कामा परिपुरक छ ।

चेपाङ संघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङ,चेपाङ संघ धादिङका अधयक्ष भीम बहादुर चेपाङ र पूर्व केन्द्रिय सचिव तीलक बहादुर चेपाङको उपस्थितिमा आजदेखि प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो ।