भानुजयन्ती मनाउन गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

पोखरा : २०९ औँ भानु जयन्ती मनाउन गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ।
तनहुँमा जन्मिएका आदिकवि भानुभक्त आचार्यलाई ‘गण्डकीको गौरव’ भन्दै उनको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले बिदाको घोषणा गरेको हो।
अघिल्लो वर्ष चैत १८ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट भानु जयन्तीमा बिदा दिने निर्णय भएको थियो।
गण्डकी सरकारले योसहित असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते गण्डकी प्रदेश सरकार स्थापना दिवस र चैत १५ गते चैते दशैँमा पनि बिदा दिने निर्णय गरेको थियो।
