सबैको लघुबित्त बित्तीय संस्था शाखा कार्यालय धार्केद्धारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण

सबैको लघुबित्त बित्तीय संस्था शाखा कार्यालय धार्केद्धारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण

धादिङ :  सबैको लघुबित्त बित्तीय संस्था शाखा कार्यालय धार्के धादिङद्धारा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।संस्थाको छैठौँ बार्षिकोत्सवको अबसरमा धार्के धादिङ शाखाले श्री बराह देबी प्राथामिक बिद्यालयमा एक कार्यक्रमकाबिच छात्र/छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

धादिङको धुनीबेशी ९ टायलघरमा रहेको उक्त बिद्यालयमा ३५ जना बिद्यार्थी मध्य ५ जना गरिब तथा जेहेन्दार छात्र /छात्रालाई पठ्य सामाग्री बितरण गरिएको हो ।उक्त कार्यक्रममा शाखा कार्यालय धार्के धादिङको शाखा प्रमुख रोमन सिलवालले बिद्यार्थीहरुलाई अनिबार्य बिद्यालयमा उपस्थित हुन तथा बिद्यार्थी उत्प्रेरणको उदेश्यले सो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक हसना भण्डारीले संस्थालाई धन्यावाद दिदैँ आगामी बर्ष पनि यस्तै कायक्रम ल्याउन आग्रह गर्नुभयो । कार्यक्रममा संस्थाको कर्मचारी, बिद्यालयको शिक्षक, र अभिभावकको समेत उपस्थिती रहेको थियो ।