गोरखामा पहिरोले पुरिएर वृद्धको मृत्यु

गोरखामा पहिरोले पुरिएर वृद्धको मृत्यु

गोरखा  : गोरखामा पहिरोले पुरिएर एक वृद्धको मृत्यु भएको छ । आज साँझ ५ ः ३० बजेको सिरानचोक गाउँपालिका वडा नं.६ गैरी गाउँ स्थित जंगलमा सोही स्थानमा बसोबास गर्ने बर्ष ८० को सुक बहादुर गुरुङकोमृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार दाउरा काट्न भनि गएको बेला माथिबाट सुक्खा पहिरो खसेर पुरिदाँ गुरुङको मृत्यु भएको हो । प्रारम्भिक अनुसन्धानको कार्य सम्पन्न गरी शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल गोरखा तर्फ ल्याउने तयारी भई रहेको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।