बेनिघाट रोराङ गाउँपालिकाले उन्नत जातको चिउरीको नर्सरी राख्न रु ५ लाख सहयोग गर्ने

बेनिघाट रोराङ  गाउँपालिकाले   उन्नत जातको   चिउरीको नर्सरी राख्न रु ५ लाख सहयोग गर्ने

चरौँदी :  धादिङको बेनिघाट रोराङ ७ चरौदीमा सञ्चालनमा आएको चिउरी प्रशोधन केन्द्रलाई गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । अध्यक्ष कृष्ण वहादुर थपलिया “विवेक “ले आज प्रशोधन केन्द्रको अवलोकन गर्दै गाउँपालिकाले रु ५ लाख सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो । तत्काल ग्राफ्टेड चिउरीको नर्सरी राख्न रु ५ लाख सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको हो ।
। यस कलमी जातको चिउरी २ वर्षमै फल दिने र एउटै बोटमा ५० केजि सम्म फल्न सक्ने विशेषज्ञ घिमिरेले बताउनुभयो । यसबाट साबुन बनाउन र ओखतीको रुपमा प्रयोग गर्न शाकाहारी चिउरीको घिउ हुनाले अति लाभदायक र पिनाबाट माछा, गङ्गटा मार्न र खेतबारीमा जैविक विषादीको रुपमा प्रयोग गरिन्छ । महाभारत लेकमा चिउरीलाई दुहुना भैसीको रुपमा लिईने चलनचल्ती छ । ३ महिना अनिकाल टार्न र चेपाङ समुदायको आय आर्जन तथा पहिचानमा हितकारी फाइदाजनक छ । चिउरीको फुल मह बनाउन अति लाभदायक मानिन्छ । त्यसैले ‘जहाँ चिउरी , त्यहाँ मौरी भन्ने गरिन्छ’ ।
अध्यक्ष विवेक सहित नेपाल चेपाङ सङघ जिसस धादिङका अध्यक्ष भिम वहादुर चेपाङ , राजेन्द्र कडेँल , सामाजिक अभियन्ता मिलन सिलवाल र घनश्याम पाण्डे चिउरी विशेषज्ञ अनुसन्धानकर्ता गोविन्द घिमिरेले प्रशोधन केन्द्रको अवलोकन गर्नुभएको हो ।