आज देशभर सामान्य तथा सुदूरपश्चिक प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने

आज देशभर सामान्य तथा सुदूरपश्चिक प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने

काठमाडौं ,२९ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल बिहानै देखि देशका धेरै जसो भूभागमा सामान्य वर्षा भइरहेको महाशाखाको भनाइ छ ।

बुधवार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यस्तै, राती देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा आंशिक बदलीदेखि मौसम समान्यता सफा रहनेछ ।

सूदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र अन्य भूभागका थोरै स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ ।

देशभरका नदीहरूमा जलको सतह बढ्ने तथा पहाडी भेगमा पहिराको समेत सम्भावना भएकाले सतर्कता अपनाउने मौसम विज्ञहरूले अनुरोध गरेका छन् ।