गोरखाको गण्डकी गाउँपालिकामा चालु आर्थिक बर्षमा ८१.१६ प्रतिशत बजेट खर्च

गोरखाको गण्डकी गाउँपालिकामा चालु आर्थिक बर्षमा ८१.१६ प्रतिशत बजेट खर्च

गोरखा २९, असार । गण्डकी गाउँपालिकाको चालु आर्थिक बर्षमा कुल ८१.१६ प्रतिशत  बजेट खर्च गर्न सफल भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा चालु तर्फ ८८.६४ प्रतिसत र पुँजीगत तर्फ ७०.३३ प्रतिशत बजेट खर्च गर्न सफल भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले चालु आर्थिक बर्षका लागि कुल ६३ करोड ४६ लाख ४९ हजार रुपैयाको बजेट सार्वजनिक गरेको थियो ।