उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ता आज

उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ता आज

काठमाडौं :  प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ । निर्वाचनका लागि आज बिहीबार मनोनयन दर्ताको कार्यसूची रहेको छ ।

बुधबार सार्वजनिक कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ । मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।