गण्डकी गाउँपालिकामा उपाध्यक्ष र दुई वडा अध्यक्षको असहमतिको बाबजुत हटाइने भए ७० करार कर्मचारी।

गण्डकी गाउँपालिकामा उपाध्यक्ष र दुई वडा अध्यक्षको असहमतिको बाबजुत हटाइने भए ७० करार कर्मचारी।

कुरिनटार – गोर्खाको गण्डकी गाउँपालिकाले ७० जना करार कर्मचारीको करार अबधी नवीकरण नगर्ने भएको छ। आज भएको गाउँकार्यपालिका बैठकले शुक्रबार हुने गाउँसभाबाट पारित हुनेगरी करार कर्मचारीको अबधि नवीकरण नगर्ने निर्णय गरेको हो।                                                                                                                                  नेपाली कांग्रेस बाट निर्वाचित उपाध्यक्ष ललिता अधिकारी वडा ३ का वडा अध्यक्ष सुवास पन्त र वडा ४ बाट एमालेको तर्फबाट निर्वाचित वडा अध्यक्ष राजुबाबु भन्डारिको नोट अफ डिसेन्ट सहित आजको गाउँकार्यपालिका बैठकको निर्णय नम्बर २ बमोजिम गाउँपालिकामा आर्थिक बर्ष २०७९/८० कोलागी शिक्षक सहित  करारका ७० कर्मचारीको श्रावण १ गते बाट सकिने समयावधि नथप्ने निर्णय भएको हो।                                                                                                                                           उपाध्यक्ष र दुई वडा  बाहेक अध्यक्ष सहित ६ वडामा जित हासिल गरेपछी माओबादी केन्द्र गण्डकी गाउँपालिकालाई  अनावश्यक आर्थिक भार कम गर्न तथा पहिलेको सरकारले पार्टीको सदस्यता लिगेपछी करारको कर्मचारी बनाएकोले त्यसलाइ सुधार गर्न आवस्यक रहेकोले करार कर्मचारीको समयावधि थप नगर्न दवाव परेको थियो।