अनुगमनलाई तिव्रता दिदै इच्छाकामना गाउँपालिका अध्यक्ष गुरुङ

अनुगमनलाई तिव्रता दिदै इच्छाकामना गाउँपालिका अध्यक्ष गुरुङ

कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गाउँपालिकामा सञ्चालित दिनुभएको छ । अध्यक्ष गुरुङले शुक्रबार पनि गाउँपालिकाका करिब आधा दर्जन आयोजनाहरुको अनुगमन गर्नुभएको हो ।

उहाँले गाउँपालिका वडा नं ३ अन्तर्गत आधारभुत स्वास्थ्य केन्द्र माझगाउँको भवन, राआवि चौताराको पहिरो संरक्षण, निर्माणिधिन इच्छाकामना मन्दिर, फिस्लिङ तरकारी संकलन केन्द्र, चुम्लिङटारमा अवस्थित शिवालय मन्दिर, वडा नं। ३ को वडाकार्यालय भवन लगायत आयोजनाहरुको अनुगमन गर्नुभएको छ ।

यस्तै गाउँपालिकाको आगामी वर्षको योजनाका लागि प्रस्तावित भएको मुख्य सडकहरु फिस्लिङ–तोक्दाङ्ग–वल्र्याङ्ग सडक)संघको बजेट २५ करोड), तोक्दाङ्ग–सोरा सडक (१८ लाख) र रुप्लाङ्ग सडक ९८ लाख० को स्थलगत अनुगमन गर्नुभएको छ ।

अनुगमन पश्चात अध्यक्ष गुरुङले स्थानीयहरु सामु फिस्लिङ तरकारी संकलन केन्द्रलाई तत्काल व्यवस्थित गरि संचालन गर्नुभएको छ ।

यस्तै अधुरा योजनालाइ तत्काल पुरा गर्न सुझाव दिनुका साथै आगामी बर्षमा संचालन हुने योजनाहरुको आवश्यकता र औचित्यको लागि पनि योजनाहरुको अवलोकन गरिएको अध्यक्ष गुरुङले बताए। साथै योजना अनुगमन पश्चात योजनाहरुलाइ समयमै प्रभावकारी रुपमा कसरी सम्पन्न गर्न सकिन्छ भने स्थानीयहरुसँग समेत छलफल गरेको बताउनुभयो ।

अध्यक्ष गुरुङको नेतृत्व रहेको अनुगमन टोलीमा वडा नं.३ का वडाध्यक्ष नर बहादुर नेपाल, गाउँपालिकाका प्राविधिक भरत गुरुङ लगायत रहनुभएको थियो ।