पत्रकार कुटपिट गर्ने विद्युतका कर्मचारीलाई कानुनी दायरामा ल्याउन पत्रकार महासंघको माग

पत्रकार कुटपिट गर्ने विद्युतका कर्मचारीलाई कानुनी दायरामा ल्याउन पत्रकार महासंघको माग

चितवन,३२ असार । पत्रकार महासंघ चितवन शाखाले पत्रकार कृष्ण आचार्यमाथि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीद्वारा भएको आक्रमणको भत्सर्ना गरेको छ ।

पत्रकार महासंघका सचिव दिपेन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा कार्यालयको मुल गेट बन्द गरेर पत्रकार आचार्यलाई नियन्त्रणमा लिई मोबाइलसमेत कब्जामा लिएर लछारपछार एवम् कुटपिट गरिएको अक्षम्य भन्दै भत्सर्ना गरिएको हो । विज्ञप्तिमा कर्मचारीले मदिरा सेवन गरी होहल्ला गरेको भन्ने सूचनाका आधारमा समाचार संकलन गर्न जादा पत्रकार आचार्यमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई कानुनी दायरामा ल्याउन प्रशासनसमक्ष माग गरिएको छ । पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न महासंघले सबैमा ध्यानाकर्षण पनि गराएको छ ।