नवजागृती सामुदायिक वनबाट बलेरो गाडिसहित अबैध सालको काठ बरामद

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका वडा नं ११ स्थित नवजागृती सामुदायिक वनबाट अबैध रुपमा राखोको सालको काठ बरामद गरेको छ । आज ना ४ च ४४१२ नं.को बोलेरो गाडिमा ओसारपसारको लागी लोडगरी राखेको सालको काठ ६७.६५ क्युफिट बरामद गरेको हो । उक्त काठ र गाडी बरामद गरी आवश्यक कारवाहिको लागी डिभिजन वन कार्यालय भरतपुर चितवन पठाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।
