प्लान्ट हेभन नर्सरीद्वारा विद्यालय परिसरमा नि : शुल्क वृक्षारोपण

प्लान्ट हेभन नर्सरीद्वारा विद्यालय परिसरमा नि : शुल्क वृक्षारोपण

कुुरिनटार : प्लान्ट हेभन नर्सरी इच्छाकामना ४ रमाइलोडाडाँले विद्यालय परिसरमा नि : शुल्क वृक्षारोपण गरेका छन् । शनिबार इच्छाकामना ४ लेवटारमा रहेको श्री बकुल्लहरी राष्ट्रिय आधारभूत विद्यालयमा वृक्षारोपण गरिएको हो ।
विभिन्न थरिका विरुवा विद्यालयका लागि उपलब्ध गराएको प्लान्ट हेभन नर्सरी रमाइलो डाडाँका सञ्चालक केवी थापाले बताउनुभयो । सामाजिक उत्तरदायित्व अन्तरगत नि : शुल्क वृक्षारोपण गरिएको उहाँको भनाई छ ।
यस अघि पनि सामाजिक कार्यहरु गर्दै आइरहेकोे र आगामी दिनहरुमा पनि समाजिक कार्यहरुलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।
वडाध्यक्ष रुद्रप्रसाद उप्रेती,विद्यालयका शिक्षक अभिभावकहरुको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।