चितवन सिटी मर्सी लायन्स क्लवको अध्यक्षमा उषा खरेल सुवेदी चयन

चितवन : चितवन सिटी मर्सी लायन्स क्लवको अध्यक्षमा उषा खरेल चयन भएकी छन् । उनी क्लवमा ०७२ सालमा आवद्ध भएकी हुन् ।२०३७ साल भदौ ८ गते चितवन जिल्लाको लंकुमा एक समाजसेवी परिवारको घरमा उषाको खरेलको जन्म भएको हो । उनका बुवा स्वर्गिय जयभद्र खरेल र आमा पार्वती खरेल हुन् । उषा खरेल सुवेदी महिला अधिकारको क्षेत्रका क्रियाशिल नाम हो । उनले हिसां प्रभावित महिलाहरुको न्याय र उद्धारका लागि सबैसंग हातेमालो गर्दै शोषण र दमनमा परेका महिलाहरुको न्यायका लागि काम गर्छिन् ।
बरिष्ठ महिलाअधिकारकर्मी एवं समाजसेवी मीना खरेल उनकी दिदी हुन् । घरेलु हिसां, बेचविखन परेका असहाय महिला बालबालिकाको पुर्नस्थापना गृह आदर्श गृहको संस्थापक हुन्, उषाकी दिदी मीना खरेल । उषाले नसिङ संगै स्नातक तहसम्म अध्ययन गरेकी छन् । ९ दिदीबहिनी र २ दाजुभाईमा उनी ठुली कान्छी हुन् । २२ बर्षको उमेरमा चितवनकै टाडीका सोमप्रसाद सुवेदीसंग बैवाहिक बन्धनमा बाँधिएकी उषाका १ छोरा र १ छोरी छन् । मीनाकै प्रेरणाले गर्दा उषालाई पनि सामाजिक कार्यमा मन गयो ।
विशेषगरि दाइजोको कारण चितवनको गीतानगरमा बुहारी मारेको घटना आएपछि उनी बुहारीहरुको हक हित र न्यायका लागि काम गर्न प्रेरित भएकी हुन् । यो घटनामा उनकी दिदी मिनाले नेतृत्व गरेर न्यायका लागि पहल गरेकी थिइन् । दिदीको बाटो पछ्याउंदै उषा पनि अन्यायमा परेका महिलाहरुको न्यायका लागि खटिन्छिन् । जस्तोसुकै समस्या आए पनि हाँसेर समाधानको बाटो खोज्नु उनको खुबी हो ।
उनकी दिदी मीनाका अनुसार सानैदेखि हसिली रसिली र फरासिली उषा सामाजिक सेवामा रुची राख्थिन् । आफ्नी दिदी मीनाबाट सामाजिक सेवामा लाग्न प्रेरणा पाएको बताउने उषाले ०६८ सालमा दुर्गा भगवती आमा समुहको संस्थापक अध्यक्ष भई सामाजिक सेवामा प्रत्यक्ष पाइला चाल्न सुरु गरिन् ।
त्यसपछि २०७० सालमा पुल्चोक साकोशको आफ्नो नेतृत्वमा स्थापना गरिन् । ०७२ मा लायन्स क्लब अफ चितवन सिटि, ०७४ मा आर्दश नारी विकास केन्द्र हुदै आदर्श गृहमा कार्यसमितीमा रहेर अहिले पनि क्रियाशिल छिन् ।
पछिल्लो समय उनी नारायणी किनारमा निमार्ण हुन लागेको वाकिङ ट्रयाकको सरसफाई अभियानमा जोडिएकी छन् भने मेची महाकाली बुहारी सयुक्त आवाजको जिल्ला सहसंयोजक समेत हुन् ।
