चुम्लिङटारमा निर्मित भूमेश्वर महादेव मन्दिरको मन्त्री दाहालद्वारा समुद्घाटन

चुम्लिङटारमा निर्मित भूमेश्वर महादेव मन्दिरको मन्त्री दाहालद्वारा समुद्घाटन

चुम्लिङटार :  चितवनको इच्छाकामना ३ चुम्लिङटारमा भूमेश्वर महादेव मन्दिरको निर्माण कार्य सम्पन्न भएको छ । आज बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले एक कार्यक्रमकाबिच समुद्घाटन गर्नुभएको हो। मन्दिर निर्माण समितिका अध्यक्ष सुशीला चालिसेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा श्रम तथा रोजगार मन्त्री घनश्याम दाहाल प्रमुख आतिथि रहनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल ,पूर्व अध्यक्ष गीताकुमारी गुरुङ वडा नं ३ का अध्यक्ष तथा गापा प्रवक्ता नरबहादुर नेपालको विशिष्ट आतिथ्यता रहनुभएको थियो। साथै सातवटै वडाका अध्यक्ष, सिद्धार्थ रिसोर्ट चुम्लिङटारका प्रतिनिधि विभिन्न राजनीतिक दलका पार्टी प्रमुख तथा प्रतिनिधि इच्छाकामना साहित्य प्रवाहका प्रतिनिधि, निवृत्त शिक्षक समाजका प्रतिनिधि,पत्रकार, निर्माण समितिका सचिव राधादेवी प्रजापती, कोषाध्यक्ष सविना अधिकारी, अनुगमन समितिका संयोजक चिन्तामणी सापकोटा, टोल विकास समितीका प्रतिनिधि लगायत विभिन्न संघसंस्थामा आवद्ध प्रतिनिधिको आतिथ्यता साथै स्थानीयहरूको समुपस्थितिमा ब्राह्मणहरूद्वारा होम आहुती साथै पूजा पाठ सहित प्राण प्रतिष्ठा कार्य विधिवत सम्पन्न गरिएको थियो। कार्यक्रममा उपस्थित अतिथिहिरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
मन्दिर निर्माण समितिका अध्यक्ष शुसिला चालिसेले मन्दिर निर्माणका महत्वपूर्ण गतिविधिहरूबारे प्रकाश पार्नुभएको थियो । बागमती प्रदेश ,श्रम तथा पर्यटन मन्त्रालयबाट  रु १० लाख, गाउँपालिकाबाट रु ७ लाख, जनश्रमदान १ लाख ७० हजार बाट मन्दिर निर्माण कार्य सम्पन्न भएको निर्माण समितिका सचिव राधादेवी प्रजापतिले जानकारी दिनुभयो।


साथै यसमा मन्दिर परिषरमा भौतिक पूर्वाधार निर्माणका लागि सिद्धार्थ बिजनेस ग्रुपले करिव १ लाख सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिरमा बगैंचा निर्माण र संरक्षणमा थप लगानी गर्ने बिजनेस ग्रुप द्वारा संचालित सिद्धार्थ रिसोर्ट चुम्लिङटारका व्यवस्थापक किरण रिमालले जानकारी दिनुभयो ।
कार्यक्रम समापन पश्चात् उपस्थित सबैलाई टीका तथा नैवेद्य वितरण गरिएको थियो ।कार्यक्रम पत्रकार सञ्जय पोखरेलले सञ्चालन गर्नुभएको थियो ।