बागमती, गण्डकी सुदूरपश्चिम, लुम्बिनी, र मधेश प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी सुदूरपश्चिम, लुम्बिनी, र मधेश प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ  :  लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू(भागमा सरदर स्थान भन्दा केहि उत्तरतिर र पश्चिमी भू-भागमा सरदरको आसपास अवस्थित रहेको छ। देशभर सामान्य बदली रहेको छ।

देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूर पश्विमका प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।