बस र विङगनर एकापसमा ठोक्किदाँ १६ जना घाइते

बस र विङगनर एकापसमा ठोक्किदाँ १६ जना घाइते

कुरिनटार, ५ साउन । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चुम्लिङटारमा दुई वटा सवारी साधन एकाआपसम ठक्कर खाँदा १६ जना घाइते भएक छन् । आज साँझ ५ : २० बजे काठमाण्डौबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाण्डौ तर्फ गई रहेको लु२ख ३५०२ नम्बरको विङगनर गाडी एक आपसमा ठक्कर खांदा दुबै सवारी साधनमा सवार १६ जना घाईते भएका हुन् । घाइतेहरुलाई उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनएको छ ।घाइते मध्ये विङगनर चालक गुल्मीको तम्घास नगरपालिकाका २७ बर्षिय आशिष पन्थीको अवस्था गम्भीर रहेको प्रहरीले
जनाएको छ ।

बस चालक इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।