चुनावी वाचा पुरा गर्दै वडाध्यक्ष उप्रेती, टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

चुनावी वाचा पुरा गर्दै वडाध्यक्ष उप्रेती, टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

कुरिनटार :  चितवनको इच्छाकामना ४ को वडा कार्यालयले टोलटोलमा पुगेर सामाजिक भत्ता वितरण सुरु गरेका छन् । वडाध्यक्ष रुद्र उप्रेतीले चुनावी वाचा अनुसार टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताउनुभयो ।
वडा नम्बर ४ को माथिल्लो भेगको लामीडाडाँ कुरिनभित्ता हुदैँ सोता गाउँ सम्म टोलटोलमै पुगेर समाजिक सुरक्षा भत्ता वितरण गरिएको उहाँले बताउनुभयो ।

May be an image of 2 people and outdoors
वडाध्यक्ष उप्रेतीसहित वडा सदस्य, वडासचिव, ग्लोबल आइएमई बैँकका कर्मचारीले टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् ।
टोलटोलमै पुगेर जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि स्थानियहरु खुशी भएका छन् ।
टोलटोलमै पुगेर भत्ता वितरण गर्ने कार्यलाई निरन्तरता दिइने वडाध्यक्ष उप्रेतीले बताउनुभयो ।