बस र माइक्रो एकापसमा ठक्कर खादाँ एक जनाको मृत्यु ,१७ जना घाइते

बस र माइक्रो एकापसमा ठक्कर खादाँ एक जनाको मृत्यु ,१७ जना घाइते

कुरिनटार : पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चुम्लिङटारमा दुइ वटा सवारी साधन एकापसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहिबार साँझ ५ : २० बजे काठमाण्डौबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाण्डौ तर्फ गई रहेको लु२ख ३५०२ नम्बरको माइक्रो एक आपसमा ठक्कर खांदा घाइते भएका नाम थर वतन नखुलेका अन्दाजी ३५÷३६ बर्षका एक पुरुषको नयाँ मेडिक कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना परि अन्य १७ जना घाइते भएका छन् । घाइतेहरु मध्ये ५ जनाको नयाँ मेडिकल कलेज भरतपुर र १२ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नयाँ मेडिकल कलेजमा उपचार भइरहेका घाइतेहरु

१.विङगरमा सवार जि.गुल्मी तम्घास न.पा.१ बस्ने बर्ष २७ को आशिष पन्थी, मध्यम ।
२. विङगरमा सवार जि.रुपन्देही देबदह ६ बस्ने बर्ष २६ की लक्ष्मी श्रेष्ठ, मध्यम ।
३.जिल्ला सुनसरी हरिनगर गा.पा.५ बस्ने बर्ष ४३ को प्रकाश कुमार मेहेता, मध्यम ।
४.जिल्ला रुपदेन्हि बस्ने बर्ष २७ को सुमित शर्माको सामान्य ।
५.जिल्ला चितवन रत्ननगर न.पा. १३ बस्ने बर्ष २६ को सबिना पोख्रेल सामान्य ।

पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरुः–
१.विङगर चालक जि.रुपन्देही बुटवल न.पा.२ बस्ने बर्ष २५ को कमल दर्जी, गम्भिर ।
२.विङगर साहु जि.नवलपरासी सुनौल न.पा.७ बस्ने बर्ष ३० को कृष्ण बहादुर राक्स्य, मध्यम ।
३.जिल्ला चितवान भरतपुर म.न.पा.११ भोजाड बस्ने बर्ष ३७ को शुसिला पौड्याल, मध्यम ।
४. जिल्ला चितवान भरतपुर म.न.पा. ११ भोजाड बर्ष १२ की दिप शिखा पौड्याल,मध्यम ।
५. जिल्ला चितवान भरतपुर म.न.पा.११भोजाड बर्ष १० को निजको छोरा दिप्सन पौड्याल, मध्यम ।
६.जिल्ला नवलपुर गैडाकोट न.पा.२ बस्ने बर्ष ४० की पार्वती ढकाल, मध्यम ।
७. जिल्ला गुल्मी मदाने गा.पा. ६ बस्ने बर्ष ४० को कृष्ण बहादुर घर्ती क्षेत्री, मध्यम ।
८. जिल्ला नवलपरासी अरुणखोला मध्याबिन्दु न.पा.११ बस्ने बर्ष ३४ को बाबुराम परियार, मध्यम ।
९. जिल्ला रुपन्देही देबदह गा.पा.२ बस्ने बर्ष २२ को शिब सारु, मध्यम ।
१०.जिल्ला नवलपुर गैडाकोट न.पा.२ बस्ने बर्ष १२ की नुतन ढकाल, सामान्य ।
११. बसको सहचालक जिल्ला डोटी जुराईल गा.पा.१ बस्ने बर्ष २४ को हिरज डांगि अवस्था,मध्यम ।
१२. जिल्ला बझाङ बुङगल गा.पा. ११ बस्ने बर्ष १९ को खड्क पातलि ,मध्यम