आजको मौसम : मेघगर्जन र चट्याङ्ग सहित मध्याम बर्षाको सम्भावना

आजको मौसम : मेघगर्जन र चट्याङ्ग सहित मध्याम बर्षाको सम्भावना

काठमाडौँ  :  मौसम पुर्वानुमान माहाखाका अनुसार हाल हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य भू–भागका एक वा दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू(भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक– दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशखाले जनाएको छ।