केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

चितवन :  मौसम पुर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू– भागका केही स्थानहरूमा र अन्य भू– भागका थोरै स्थानहरूमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।