लियो क्लव अफ मुग्लिङ्ग सप्तरङ्गी गठन ,अध्यक्षमा पन्त

मुग्लिङ्ग : लियो क्लव अफ मुग्लिङ्ग सप्तरङ्गी गठन गरिएको छ । लायन्स कलब अफ भरतपुरको समन्वयमा सनम पन्तको नेतृत्वमा २१ सदस्यीय लियो क्लव अफ मुग्लिङ्ग सप्तरङ्गी समिति गठन गरिएको हो ।
आज भएको भेलाल क्लवको अध्यक्षमा सनम पन्त, पहिलो उपाध्यक्षमा विकास बस्नेत,दोश्रो उपाध्यक्षमा दाउद परियार,तेश्रो उपाध्यक्षमा निरमाया मगर, सचिवमा गणेश गुरुङ
सह–सचिवमा प्रकाश गुरुङ,कोषाध्यक्षमा करण कुवँरर सह– कोषाध्यक्षमा पुस्पा प्रजापतिलाई चयन गरेका हुन् ।
लियो क्लवको विधि विधानमा रहि इच्छाकामनामा विभिन्न स्वास्थ शिविरहरु , वृक्षारोपण , रक्तदान , नेतृत्व विकास क्षमता जस्ता कार्यक्रम गर्ने उदेश्यका साथ लियो क्लव अफ मुग्लिङ्ग सप्तरङ्गी गठन गरिएको अध्यक्ष सनम पन्तले बताउनुभयो ।
