टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

कुरिनटार :  चितवनको इच्छाकामना वडा नम्बर ३ को कार्यालयले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेका छन् । बुधबार तोक्दाङ, माझ गाउँ, धोद्रेवास, सिस्नेरी चौतारी नागदहमा भत्ता वितरण गरिएको हो ।
चुनावी वाचा अनुसार टोलटोलमै पुगेर सामाजिक भत्ता वितरण गरिएको वडाध्यक्ष नर बहादुर नेपालले बताउनुभयो ।
बृद्धबृद्धाहरुलाई बैँक सम्म जान कठिनाई हुने र बैँकमा पुगेर घण्टौँ सम्म लाइन बस्नु पर्ने भएकाले बैँकसंग समन्वय गरेर टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उहाँको भनाई छ ।
सरकारले सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकिङ प्रणाली मार्फत वितरण गर्नुपर्ने नियम लगाएपछि धेरै जसो बैंकमा भत्ता बुझ्ने बेला ज्येष्ठ नागरिकहरुको लामो लाईन लाग्ने गरेको थियो भने नागरिकहरुले घण्टौसम्म लाईन बस्नुपर्दा निकै कष्ट व्यहोर्नु परेको थियो ।

May be an image of 3 people and people standing
वडाध्यक्ष नेपालसहित गाउँपालिका उपाध्यक्ष माया सिलवाल, कर्मचारीहरु पुगेर वडा नम्बर ३ को टोलटोलमै भत्ता वितरण गरेका थिए । उपाध्यक्ष माया सिलवालले बृद्धबृद्धाहरुको सहजताका लागि गाउँपालिकाले टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताउनुभयो ।
गाउँमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि लाभग्राहीहरु खुशी भएका छन् ।
बृद्ध भत्ता बुझेपछि वडा नम्बर ३ का रत्न बहादुर गुरुङले खुशी हुदैँ जनप्रतिनिधिहरुलाई धन्यवाद दिनुभयो । इच्छाकामना गाउँपालिकामा ग्लोबल आईएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक मार्फत गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ ।