आज मेघ गर्जन र चट्याङ्गसहित भारी बर्षाको सम्भावना

आज मेघ गर्जन र चट्याङ्गसहित भारी बर्षाको सम्भावना

चितवन :  हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १ का केही र बाकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले छ।