एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल इच्छाकामनाको अध्यक्षमा भक्तबहादुर गुरुङ चयन

एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल इच्छाकामनाको अध्यक्षमा भक्तबहादुर गुरुङ चयन

कुरिनटार  : नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल इच्छाकामनाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शुक्रबार इच्छकामनामा एक कार्यक्रमको आयोजना गरि महासंघको प्रथम अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनले चण्डिभञ्ज्याङ्ग स्वास्थ्यचौकीका प्रमुख भक्त बहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल इच्छाकामना गठन गरेको छ । महासंघको उपाध्यक्षमा कविता काफ्ले, सचिवमा सुजिता त्रिपाठी, कोषाध्यक्षमा गणेश बहादुर राई सुनुवार, सदस्यहरुमा सागर लामा, नरमाया गुरुङ, लालकुमारी गुरुङ, रोशन कुमार महतो, निशा कुमाल, सुर्य चेपाङ र सुमि गुरुङलाई निर्वाचित गरेको छ ।

महासंघको जिल्ला उपाध्यक्ष एंव इच्छाकामना अधिवेशन संयोजक शान्ता पन्थको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ रहेका थिए भने कार्यक्रममा महासंघको जिल्ला अध्यक्ष केशवराज सापकोटा, इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवाल, नेकपा एमाले इच्छाकामना अध्यक्ष कृष्ण सिलवाल, जिल्ला सदस्य ज्ञानुदेवी पाण्डे, वडा नं। ५ का वडाध्यक्ष तेज बहादुर शेरचन लगायतको उपस्थिति रहेको थियो ।