नेपाल बुद्धिजिवी संगठन इच्छाकामनाको अध्यक्षमा श्रीरेन्द्रप्रकाश पोखरेल

नेपाल बुद्धिजिवी संगठन इच्छाकामनाको अध्यक्षमा श्रीरेन्द्रप्रकाश पोखरेल

 

कुरिनटार :  नेकपा माओवादी केन्द्र निकट नेपाल बुद्धिजिवी संगठन इच्छाकामनाको अध्यक्षमा श्रीरेन्द्रप्रकाश पोखरेल चयन हुनुभएको छ ।आज कुरिनटारमा सम्पन्न प्रथम भेलाले पोखरेलको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरिएको हो । भेलाले उपाध्यक्षमा रामनाथ त्रिपाठी, मदन चेपाङ र सावित्री खनाल, सचिवमा नारायणप्रसाद पौडेल, सह–सचिवमा रामजी त्रिपाठी र कोषाध्यक्षमा हिमलाल अधिकारीलाई चयन गरिएको छ ।वागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल अविनासको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेपाल बुद्धिजिवी संगठन वागमती प्रदेशका उपाध्यक्ष डा. प्रेम सागर भण्डारी, केन्द्रिय सदस्य विनोद खण्ड भण्डारी, माओवादी केन्द्र वागतमी प्रदेश सदस्य प्रताप गुरुङ र सावित्री सिलवाल विशिष्ट आतिथ्यता रहनुएको थियो ।
साथै कार्यक्रममा इच्छाकामनाका कार्यवाहक अध्यक्ष रामप्रसाद बोहोरा, प्राध्यापक साहित्यकार तेजविलास अधिकारी लगायतको आतिथ्य रहनुभएको थियो ।
। नेपालबुद्धिजिवी संगठनका बागमती प्रदेश सदस्य तथा इच्छाकामनाका इन्चार्ज इश्वरविलास अधिकारीको सभापतित्वमा सम्पन्न भेलामा नारायण भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।