जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त

जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त

काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा (प्रभाकर) अर्थमन्त्रीमा पुनः नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पुनः मन्त्री नियुक्त गर्नुभएको हो ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिनुभएको थियो ।