नारायणगढ – मुग्लिन सडक अवरुद्ध

नारायणगढ – मुग्लिन सडक अवरुद्ध

चितवन,१६ साउन। पहिरोका कारण नारायणगढ –मुग्लिन सडक अवरुद्ध भएको छ । अविरल बर्षासगैँ चितवनको भरतपुर महानगरपालिका २९ स्थित घुमाउने नजिकै विहान ४ बजे माथिबाट लेदो सहितको पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको हो । अहिले  पहिरो पञ्छाउने काम भइरहेको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक रबिन विष्टले जानकारी दिनुभयो ।