पहिरो पञ्छाएपछि नारायणगढ – मुग्लिन सडक दुईतर्फी सुचारु

पहिरो पञ्छाएपछि   नारायणगढ – मुग्लिन सडक दुईतर्फी सुचारु

चितवन : पहिरोका कारण अवरुद्ध नारायणगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विहान ४ बजे भरतपुर २९ स्थित घुमाउने नजिक माथिबाट लेदो सहितको पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेका थिए । अहिले पहिरो पञ्छाई सडक दुइतर्फी सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक रबिन विष्टले जानकारी दिनुभयो ।