मुग्लिन–नारायणगढ सडक दुइतर्फी सञ्चालन

मुग्लिन–नारायणगढ सडक दुइतर्फी सञ्चालन

कुरिनटार  : मुग्लिन–नारायणगढ सडक दुइतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराती ११ बजेदेखि अवरुद्ध बनेको सडक आज राती ९ : ४० बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो । चितवनको भरतपुर २९ स्थित केराबारीमा खसेको पहिरो पञ्छाई सडक दुइतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त स्थानमा पहिरो पञ्छाउने काम चलिरहदाँ दिउँसो पुन ः पहिरो खेपछि सञ्चालनमा ढिलाइ हुन पुगेको हो ।
अविरल बर्षासगैँ यस सडक खण्ड अन्तरगत विभिन्न स्थानमा पहिरो खसेपछि गएरातीदेखी सडक अवरुद्ध बनेका थिए । प्रहरीका अनुसार केराबारी सहित भरतपुर कै २९ स्थित १७ किलो, इच्छाकामना ५ स्थित दुई नम्बर र तीन नम्बर पुलको बिचमा खसेको पहिरो भने दिउँसो नै पूर्णरुपमा हटाइएको हो ।
९८४५९५०३०१