अवरुद्ध नारायणगढ –मुग्लिन सडक दुइतर्फी सुचारु

अवरुद्ध नारायणगढ –मुग्लिन सडक दुइतर्फी  सुचारु

कुरिनटार :  पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति साढे २ बजे चितवनको भरतपुर २९ नारायणगढ मुग्लिन सडक खण्डको केरावारी (मौरी खोला पुल नजिकै) बर्षाको कारण माथी बाट पुन ः लेदो सहितको पहिरो झरी बाटो दुबै तर्फ अवरुद्ध बनेका थिए । पहिरो पञ्छाएर विहान ९ :  १० बजेदेखि सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।
। माथीबाट झरेको लेदोमा फस्न गई नारायणगढ बाट मुग्लिन तर्फ जाँदै गरेको ईण्डियन मिनी ट्रक समेत पछाडीको चक्का सामान्य रुपमा पुरेका थिए