प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते गर्ने मन्त्रिपरिषद्‌को निर्णय

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते गर्ने मन्त्रिपरिषद्‌को निर्णय

काठमाडौँ : प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ गते हुने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको हो।

एक मन्त्रीले जानकारी अनुसार प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय भएको हो । त्यस्तै यसअघि मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सहमत भएका थिए ।