राती २ बजेदेखि अवरुद्ध नारायणगढ -मुग्लिन सडक सुचारु

राती  २ बजेदेखि अवरुद्ध नारायणगढ -मुग्लिन सडक सुचारु

कुरिनटार   : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सुचारु भएको छ  । भरतपुर २९ स्थित केराबारीमा लेदोसहितको पहिरो खसी गएराती २ बजेदेखि अवरुद्ध भएको सडक विहान ८ बजेबाट सञ्चालनमा आएको हो ।
सडक विभागको समन्वयमा लेदो पञ्छाई दुइतर्फी सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यायल चितवनले जनाएको छ। पहिरो पञ्छाएसगैँ सवारी साधनहरु आ–आफ्नो गन्तव्य तर्फ लागेका छन् । केही दिन यता उक्त स्थानमा पटक पटक लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध हुदाँ यात्रुहरुले सास्ती खेप्न बाध्य भएका छन् ।