प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनले तालमेल गर्ने

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनले तालमेल गर्ने

काठमाडौं  : सत्तारुढ गठबन्धनमा आबद्ध दलको आज बसेको बैठकले आगामी निर्वाचनमा पनि गठबन्धनमा आबद्ध दलहरूबीच तालमेल गरेरै जाने सहमति गरेको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै बसेको बैठकले गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि सहमति जुटाउन कार्यदल गठनसमेत गर्ने निर्णय भएको सञ्‍चारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। कार्यदलमा ९ जना सदस्यहरू रहने बताइएको छ।

प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० प्रत्यक्षतर्फका सिट छन्।