चितवनमा बढ्यो चुनावी सरगर्मी एमाले निकट युवा संघ नेता सुरेश कार्की माओवादी केन्द्र प्रवेश

चितवनमा बढ्यो चुनावी सरगर्मी एमाले निकट युवा संघ नेता सुरेश कार्की माओवादी केन्द्र प्रवेश

भरतपुर – नेकपा एमाले निकट संगठन युवा संघ नेता सुरेश कार्की नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चितवन जिल्ला ईन्चार्ज रेनु दाहाल, केन्द्रीय सदस्य घनश्याम दाहाल र ठाकुर ढकाल लगायतका नेताले टिका तथा खादा लगाएर पार्टी प्रवेश गराउनु भएको थियो । कार्की भरतपुर ११ निवासी हुन् । कार्कीसँगै अन्य ७ जनाले एमाले परित्याग गरी नेकपा माओवादी प्रवेश गरेका हुन् । नेपाल सरकारले बिहीबार संघीय र प्रदेश सभाको निर्वाचन यही मंसिर ४ गते गर्ने घोषण गरे पश्चात चितवनमा चुनाव माहोल तातिएको छ ।
एमाले परित्याग गरी नेकपा माओवादी प्रवेश गरेका सुरेश कार्की सप्तगण्डकी बहुमुखी क्याम्पसमा अनेरास्यवियुको पूर्व उपाध्यक्ष हुन् । कार्की चितवन एमालेका अध्यक्ष रामप्रसाद न्यौपाने, अर्का नेता जेएन थपलियालगायत एमाले नेताहरुका विश्वासको पात्र मानिन्छन् । यस अघि स्थानीय निकायको निर्वाचनमा एमाले निकट युवा संगठन युवा संघबाट करिब ४ सय जना नेकपा माओवादी केन्द्र प्रवेश गरेका थिए ।