महानगर साइकल लेन सहितको सडक निर्माणमा अगाडि बढीरहेको छ : उप्रमुख अधिकारी

महानगर साइकल लेन सहितको सडक निर्माणमा अगाडि बढीरहेको छ :  उप्रमुख अधिकारी

आशिष अधिकारी
भरतपुर २१ साउन । भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले महानगर साइकल लेन सहितको सडक निर्माणमा अगाडि बढी रहेको बताउनु भएको छ । उप प्रमुख अधिकारीले भरतपुरमा साइकल लेन सहितको सडक निर्माणको खाका यस अघि नै कोरिसकिएको भन्दै अब निर्माण हुने नयाँ सडकहरुमा अनिवार्य साइकल लेन सहित रहने प्रष्ट पार्नु भयो । बेटर चितवन लगाएतका विभिन्न सघ सस्थाहरुले शनिबार भरतपुरको केन्द्रिय बस टर्मिनलमा आयोजना गरेको बस पार्क देखि सितामाइ सम्मको साइकल यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । समाजमा हुने यस्ता खालका कार्यक्रमहरुले जनतामा साइकल चढ्ने बानिको बिकास गर्नेमा पनि उहाँले बिश्वास व्यक्त गर्नु भयो । सवारी इन्धनको लागि अरु रास्ट्रको मुख ताक्नु पर्ने हाम्रो जस्तो बिकाशिल देशमा साइकल अति नै आबश्यकताको रुपमा रहेको छ , उप प्रमुख अधिकारीले भन्नू भयो । साइकल चढ्नु, केवल साइकल चढ्नु मात्रै होइन उहाँले भन्नू भयो, साइकल संस्कृति स्थापित गर्नु पनि हो । पर्यटन प्रवर्द्धन तथा संरक्षणको नारासहित गरिएको साइकल यात्रामा गैंडाकोट, रामपुर, पश्चिम चितवन, पुर्बी चितवन लगाएतका स्थानका गरि १०० जना भन्दा बढीको उपस्थिति रहेको छ । साइकलिङलाइ स्वास्थ रहनको लागि अति नै महत्त्वपूर्ण साधनको रुपमा लिने गरिन्छ । नेपाल सरकारले विश्व सामु सन् २०५० सम्ममा इन्धन बाल्ने साधनरहित भविष्य नीतिमा सहमति जनाएको छ । साइकल अभियानका लागि अहिलेसम्म कुनै उल्लेखनीय पहल भने गरेको पाइन्न । यद्यपि, देशभर हरेक सहरमा साइकल अभियन्ता स्वतःस्फूर्त रूपमा बढ्दो छ । सौखको रूपमा मात्रै नभई गुजाराका लागि पनि दैनिक साइकल चलाउनेको सख्या बढ्दै गएको देख्न सकिन्छ । साइकलको निर्माण सन १८३९ मा पहिलो पटक भएको मानिन्छ ।