चितवनको गणेस्थानबाट १२ जना जुवाडे तीन लाख बढी नगदसहित पक्राउ

चितवनको गणेस्थानबाट १२ जना जुवाडे तीन लाख बढी नगदसहित पक्राउ

चितवन : चितवनमा १२ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान ०३ः४० बजेको समयमा भरतपुर महानगरपालिका ११ स्थित गणेशस्थान चोकमा सुदिप भण्डारीको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । प्रहरी बिट गणेश स्थान र जिल्ला प्रहरी कार्याबाट खटि गएको टोलीले ३२ थान कौडा, १ बुक तास र नगद रु ३ लाख ९ हजार ७६० सहित १२ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय चितवनबाट दिन १० म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ परेको व्यक्तिहरु