देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्ज र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ : हाल देशका अधिकांश भू– भागमा आंशिक बदली रहको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भै रहेको छ।
मौसम पुर्वानुमान मशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू– भागका एक(दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती देशका पहाडी भू– भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू– भागका थोरै र बाँकी भू– भागका एक(दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको
महाशाखाले जनाएको छ।
